एजेन्सी । संसारकै पहिलो मानिस को थियो ? यो प्रश्न सायद सबैको दिमागमा उठ्ने गर्छ । तर, वास्तविक जवाफ कसैसँग पनि पाइँदैन । वास्तवमा को थियो त त्यो, जसले पहिलो पटक धर्तीमा पाइला टेक्यो ।

विज्ञानले यसविषयमा यही नै हो भनेको छैन । त्यसैले अब पूराना धर्म ग्रन्थहरुकै सहारा लिनुपर्छ ।

हिन्दू धर्मका पुराणहरुमा उल्लेख भएअनुसार संसारकै पहिलो व्यक्ति ‘मनु’ हो । उता पश्चिमी सभ्यतामा ‘एडम’ नाम गरेका व्यक्तिलाई संसारकै सबैभन्दा पहिलो व्यक्ति भनिन्छ ।

हिन्दू धर्म ग्रन्थहरुमा उल्लेख भएअनुसार मनुको रचना भगवान ब्रह्माले गरेका थिए । ब्रह्माले मनु नामका पुरुषसँगै ‘शतरुपा’ महिलालाई पनि बनाएका थिए । संसारभर अहिले जति पनि मानिस छन्, ति सबै मनुका सन्तान हुन् । मनुका सन्तानहरुलाई ‘मनुष्य’ भन्न थालियो । अहिले पनि हामी मनुष्य, मानिस भन्छौँ । हाम्रा ग्रन्थहरुले यही भन्छन् ।

कसरी उत्पति भयो ‘मनु’को ?

ब्रह्माले देव र असूर (दानव)हरु बनाए । यसपछि उनले आफैँलाई कमजोर महशुस गर्न लागे । उनी सोचमग्न थिए कि, अब के बनाउँ । त्यसैबेला एउटा देह उत्पन्न भयो । त्यो स्वयम् ब्रह्माकै छायाँजस्तै देखियो । तिनै थिए संसारको पहिलो मानिस ‘मनु’ । त्यसपछि ब्रह्माले शतरुपा नामक स्त्री पनि बनाए । मानव इतिहासको सुरुवात बारे हिन्दू धर्मग्रन्थहरुमा उल्लेख भएको कुरा यही हो ।

पश्चिमाहरु ‘एडम’लाई मान्छन् पहिलो मानिस

पश्चिमी मान्यताअनुसार ईश्वरले आफ्नै छाँयाजस्तै देखिने एक व्यक्तिको निर्माण गरे । त्यसलाई ‘एडम’ नाम दिइयो । एडमपछि एम्बेला नामकी स्त्रीको निर्माण गरियो । अहिले संसारमा जति पनि मानिस छन्, तिनै एडम र एम्बेलाका सन्तान हुन् । यही भन्छन्, पश्चिमाहरुले ।

बाइबलकाअनुसार एडमको निर्माण स्वयम‍् ईश्वरले गरेका थिए, यता मनुको उत्पति ब्रह्माजीको छाँयाको रुपमा भएको थियो भनिन्छ ।

नाम फरक-फरक भएपनि दुवै धर्मशास्त्रहरुमा एक पुरुष र एक महिलाको उत्पति भगवानबाटै भएको उल्लेख छ र कहानी पनि लगभग उस्तै-उस्तै ।

प्रतिक्रिया

सम्बन्धित खवर