सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनकाअनुसार डेंगी संक्रमण विश्वका सयभन्दा बढी देशमा देखापर्ने आम समस्या हो । करिब ३ अर्ब मानिस डेंगीबाट प्रभावित क्षेत्रमा बसोबास गर्छन् । यसमा भारत र दक्षिणपूर्वी एशियाका अन्य देश चीन, अफ्रिका र मेक्सिको समावेश छन्।

राष्ट्रिय भेक्टर बोर्न डिजिज कन्ट्रोल प्रोग्राम (एनवीबीडीसीपी) ले जारी गरेको तथ्याङ्कअनुसार सन् २०१९ मा मात्रै भारतमा ६७ हजारभन्दा बढी डेंगीका केसहरू दर्ता भएका थिए । रिपोर्टका अनुसार २०१७ डेंगीसङ्क्रमणका कारण भारतको लागि सबैभन्दा खराब वर्ष थियो। २०१७ मा लगभग १.८८ लाख डेंगीका केसहरू दर्ता भएका थिए, जसमध्ये ३ सय २५ जनाले ज्यान गुमाएका थिए।

डेंगी के हो ?
डेंगी लामखुट्टेबाट सर्ने भाइरल संक्रमण वा रोग हो। डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ । डेंगी ज्वरोलाई ब्रेकबोन फिभर पनि भनिन्छ । डेंगी एडिस लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । यो संक्रमण फ्लेविविरिडे परिवार- डीईएनवी १, डीईएनवी २ डीईएनवी ३ र डीईएनवी-४
को भाइरसको सेरोटाइपको कारणले हुन्छ।

तर यी भाइरस १० दिनभन्दा बढी बाँच्दैनन् । जब डेंगी संक्रमण गम्भीर हुन्छ, डेंगी रक्तस्रावी ज्वँरो वा हेमोरेजिक ज्वरो वा डीएचएफ हुने जोखिम बढ्छ । यसले अत्यधिक रक्तस्राव भई पीडितको मृत्युसमेत हुन सक्छ।

डीएचएफलाई डेंगीशक सिन्ड्रोम पनि भनिन्छ। अति गम्भीर अवस्थामा तत्काल अस्पताल भर्ना हुन आवश्कय हुन्छ । अन्यथा पीडितको ज्यान पनि जान सक्छ। डेंगीको कुनै खास वा विशेष उपचार उपलब्ध छैन। यसको लक्षण पहिचान गरेर मात्रै यसलाई नियन्त्रण गर्न सकिन्छ।

डेंगीको लक्षण
डेंगी हल्का वा गम्भीर दुवै हुन सक्छ। यस्तो अवस्थामा यसको लक्षण पनि फरक–फरक देखिन्छ । धेरै पटक हल्का डेंगीहुँदा खासगरी बालबालिका र किशोरकिशोरीहरूमा कुनै लक्षण देखिँदैन। डेंगीको सङ्क्रमण भएको चारदेखि सात दिनभित्रमा हल्का लक्षणहरू देखिन थाल्छन्। यी लक्षणहरूमा उच्च ज्वरोका साथै निम्न लक्षणहरू देखिन सक्छन् :

टाउको दुख्ने
मांसपेशी, हड्डी र जोर्नीहरूमा दुखाइ
उल्टी हुनु
वाकवाकी लाग्नु
आँखा दुख्ने
छालामा दाग देखिनु

गम्भीर अवस्थाहरूमा हेमोरेजिक ज्वरो वा डिएफएच (डेंगी हेमोरेजिक ज्वरो) को विकास हुने जोखिम बढ्छ। यस्तो अवस्थामा रक्तनलीमा क्षति पुग्छ र रगतमा प्लेटलेटको मात्रा कम हुन थाल्छ । यस्तो अवस्थामा निम्न लक्षणहरू देख्न सकिन्छ:

Islingtondav
कडा पेट दुखाइ

लगातार बान्ता हुनु

गिजा वा नाकबाट रगत बग्नु

पिसाब, दिसा वा वान्तामा रगत

छालामुनि रगत बग्नु, जुन दाग जस्तो देखिन सक्छ

सास फेर्न गाह्रो हुनु

थकित महसुस हुनु

चिडचिडापन वा बेचैनी

डेंगीको जोखिम कारक

विभिन्न कारकहरू छन् जसले डेंगीबाट संक्रमित हुने जोखिम बढाउन सक्छन् ।

डेंगीको प्रकोप भएको क्षेत्रमा बस्नु: यदि तपाईं एडिस लामखुट्टेको प्रकोप बढी भएको क्षेत्रमा बस्नुहुन्छ भने डेंगीबाट सङ्क्रमित हुने सम्भावना स्वाभाविक रूपमा बढ्छ।

पहिले डेंगी सङ्क्रमण हुनु : एकपटक डेंगी लागेकामा यो भाइरल संक्रमणबाट प्रतिरोधात्मक क्षमता हुँदैन । यस अवस्थामा जब तपाइँलाई दोस्रो पटक डेंगी हुन्छ, तपाइँ गम्भीर रुपमा प्रभावित हुने सम्भावना बढी हुन्छ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु : कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई पनि डेंगी हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा वृद्धवृद्धालाई डेंगीको बढी जोखिम हुन्छ । त्यसैगरी मधुमेह, फोक्सोका रोग र मुटुका रोगीलाई पनि डेंगीको जोखिम बढेको छ ।

कम प्लेटलेट काउन्ट: पीडितको रगतमा प्लेटलेट (क्लटिंग कोशिका) काउन्ट धेरै कम हुँदा डेंगी झन् गम्भीर हुन्छ। यस्तो अवस्थामा यदि तपाईको प्लेटलेट काउन्ट लेभल पहिले नै कम छ भने तपाई अरुभन्दा चाँडै डेंगीबाट संक्रमित हुन सक्नुहुन्छ।

डेंगुको जटिलता
यदि डेंगुको संक्रमण गम्भीर छ भने यसले फोक्सो, कलेजो र मुटुलाई असर गर्न सक्छ । रक्तचाप धेरै कम हुन सक्छ । चरम अवस्थामा यो घातक पनि हुन सक्छ । डेंगीको संक्रमण गम्भीर हुँदा शरीरमा निम्न जटिलताहरू देख्न सकिन्छ:

कडा पेट दुखाइ

कलेजोमा तरल पदार्थ जम्मा हुनु

रक्तस्राव, वाकवाकी लाग्नु

छातीमा तरल पदार्थ जम्मा हुनु

डेंगीसामान्यतया बिरामीको लक्षण र शारीरिक परीक्षणको आधारमा निदान गरिन्छ। डाक्टरले लक्षणहरू मूल्याङ्कन गरेपछि निम्न सुझाव दिन सक्छन्:

पूर्ण रक्त गणना : यस परीक्षणको माध्यमबाट शरीरमा प्लेटलेट काउन्ट पत्ता लगाइन्छ। यी कोशिकाहरूको गणनाले डेंगीकत्तिको गम्भीर छ भन्ने कुरा पत्ता लगाउँछ ।

डेंगी एनएस १ एजीका लागि एलिसा परीक्षण: यो एक रगत परीक्षण हो, जसमार्फत् डेंगी भाइरस एन्टिजेन पत्ता लगाइन्छ। यद्यपि यसले संक्रमणको प्रारम्भिक चरणहरूमा नकारात्मक परिणामहरू देखाउन सक्छ। यस्तो अवस्थामा यदि कसैमा डेंगीको लक्षण कायम रह्यो भने फेरि यो परीक्षण गराउनुपर्छ ।

पीसीआर परीक्षण: यो परीक्षण संक्रमणपछि पहिलो ७ दिनमा अधिक प्रभावकारी हुन सक्छ र जब एनएस १ को बाबजुतसंक्रमण भए पनि परीक्षणको नतिजा नेगेटिभ आउँछ ।

सीरम आईजीजी र आईजीएम परीक्षण: यो परीक्षण सामान्यतया पछिको अवस्था र स्थिति थाहा पाउन गरिन्छ । एक पटक भाइरस शरीरमा प्रवेश गरेपछि प्रतीरक्षा कोशिकाहरूले डेंगी भाइरसविरुद्ध आईजीजी र आईजीएम एन्टिबडीहरू उत्पादन गर्न थाल्छन्। यी एन्टिबडीहरूको स्तर बिस्तारै बढ्दै जान्छ।

डेंगीको उपचार
डेंगीको कुनै खास औषधि वा सही उपचार उपलब्ध छैन। डाक्टरले ज्वँरो र दुखाइ नियन्त्रण गर्न प्यारासिटामोल जस्ता दुखाइ कम गराउने औषधिहरू लेख्न सक्छन्। शरीरलाई हाइड्रेटेड राख्नु डेंगी नियन्त्रणमा राख्ने सबैभन्दा महत्त्वपूर्ण उपाय हो। यस्तो अवस्थामा सफा पानी पर्याप्त मात्रामा पिउनुपर्छ। तर, गम्भीर लक्षण भएका बिरामीहरूलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।

गम्भीर अवस्थाहरूमा रोगीलाई भित्री तरल पदार्थ वा इलेक्ट्रोलाइट पूरकहरू दिइन्छ। कुनै स्थितिमा यो रक्तचाप निगरानी र रक्तक्षेपणमार्फत् पनि उपचार गरिन्छ ।

डेंगी रोकथाम
मे २०१९ मा यूएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले ९ देखि १६ वर्षका बालबालिकाहरूमा डेंगभ्याक्सिया नामक डेंगी खोपको प्रयोगलाई अनुमोदन गर्‍यो। यद्यपि यो खोपलाई भारतमा प्रयोग गर्न अनुमति दिइएको छैन।

यस्तो अवस्थामा खोप उपलब्ध नहुँदा लामखुट्टेबाट आफूलाई बचाउनु नै डेंगीबाट बच्ने उपाय हो । सकेसम्म लामखुट्टे निरोधक, लामखुट्टेको जाली प्रयोग गर्न सकिन्छ । साँझ हुनुभन्दा पहिले घरको झ्याल र ढोका बन्द गर्नुपर्छ । शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ ।

डेंगीको रोकथाम गर्न निम्न उपाय अपनाउन सकिन्छ:

वरपर पानी जम्मा नहुने कुरा सुनिश्चित गर्नुपर्छ । कूलरको पानी परिवर्तन गरिरहनुपर्छ । पानी छोपेर राख्नुपर्छ । किनकि पानीमा लामखुट्टेले अण्डा पार्छन् ।

खुला पानीको स्रोत छ भने, त्यसलाई छोप्नुपर्छ र उपयुक्त कीटनाशक प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर