काठमाडौँ – आम निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडी देखिएको छ । कांग्रेसले ५१ ठाउँमा जित हात पारेको छ, भने ५ ठाउँमा अग्रता बनाएको छ ।

त्यस्तै नेकपा एमालेले ३९ स्थानमा जित हात पार्दा ३ स्थानमा अग्रता बनाएको छ । भने नेकपा माओवादी केन्द्रले १७ ठाउँमा जित हात पार्द एक स्थानमा अग्रता बनाएको छ । यस्तै एकृकीत समाजवादीले १० स्थानमा जित हात पारेको छ । भने राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हात पार्दा एक स्थानमा अग्रता बनाएको छ । देशका केही स्थानमा अहिले मतगणना जारी छ ।

नेकपा एमालेबाट विजयी भएका उम्मदवारहरु:

वसन्त कुमार नेम्वाङ्ग पाँचथर १
सूर्यबहादुर थापा क्षेत्री प्युठान १
हरि प्रसाद उप्रेती सर्लाही ३
लिलानाथ श्रेष्ठ सिराहा ३
पदम गिरी नेकपा पर्वत १
भीमप्रसाद आचार्य सुनसरी २
दामोदर भण्डारी बैतडी १
महेश कुमार वर्तौला मकवानपुर २
सुर्यप्रसाद ढकाल बाँके १
देवराज घिमिरे झापा २
गोकर्ण विष्‍ट गुल्मी २
तारा लामा तामाङ कञ्चनपुर १
नारायण प्रसाद आचार्य पाल्पा १
ठाकुर प्रसाद गैरे पाल्पा २
लाल प्रसाद साँवा लिम्बू झापा ४
टोपबहादुर रायमाझीअर्घाखाँची १
कृष्ण गोपाल श्रेष्ठ काठमाडौं ९
छविलाल विश्वकर्मा रूपन्देही १
जुली कुमारी महतो धनुषा ३
मानवीर राई सोलुखुम्बु १
अच्युत प्रसाद मैनाली बारा १
मन बहादुर गुरुङ्ग कास्की १
अम्वर बहादुर रायामाझी उदयपुर २
ज्वाला कुमारी साह बारा ३
विद्या भट्टराई कास्की २
राजेन्द्र कुमार राई धनकुटा १
दामोदर पौडेल वैरागी कास्की ३
बासु देव घिमिरे रूपन्देही ५
प्रेम बहादुर महर्जन ललितपुर २
ऋषिकेश पोखरेल मोरङ २
बलराम अधिकारी कपिलवस्तु १
राज कुमार गुप्ता पर्सा ३
मंगल प्रसाद गुप्‍ता कपिलवस्तु ३
राम शंकर यादव सिराहा १
गोकुलप्रसाद वाँस्कोटा काभ्रे २
योगेशकुमार भट्टराई ताप्लेजुङ १
केपी शर्मा ओली झापा ५
विष्‍णुप्रसाद पौडेल रूपन्देही २
पृथ्‍वीसुव्वा गुरुङ लमजुङ १

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय