काठमाण्डाै – ट्रक चलाउँदै टिकटक ‘लाइभ’ गर्ने एक जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
हिजो साेमवार चितवनबाट काठमाण्डौका लागि छुटेको प्रदेश ०१ ००६ ख ३१७६ नम्बरको ट्रकका चालकले टिकटक लाइभ गर्दै गाडी चलाएको भनेर एनआरबी नाम गरेका प्रयोगकर्ताले ट्विटरबाट ट्राफिक प्रहरीलाई उजुरी गरेका थिए । फिस्लिङबाट काठमाण्डौतर्फ गुडिरहेको अवस्थामा उनले टिकटक लाइभ गरेको र जति बेला पनि दुर्घटना हुन सक्ने उजुरीका आधारमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्रक चालक मनोजकुमार श्रेष्ठलाई कारबाही गरेको हो ।
ट्रक चालक श्रेष्ठलाई जरिबाना र सचेतना कक्षासमेत दिइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
https://twitter.com/being_nrb/status/1597043425140183040?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1597043425140183040%7Ctwgr%5E88cb4d8df51564626b5e01ff49690f3b5ca71175%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F79775%2F2022%2F11%2F29%2Fdriving-the-truck-doing-tiktok-live