
दमक/दमकमा बिहिबार राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाईते भएका छन ।
राती ९.३५ बजे पूर्वपश्चिम लोकमार्ग अन्तर्गत दमक ९ क्याम्पसमोडमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र.१–०१–०१६ प८९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री अन्दाजी ४० बर्षिय गोपाल राईको मृत्यु भएको हो ।
ट्राफिक प्रहरी १ नम्बर प्रदेश कार्यालय इटहरीका अनुसार मृतक राईको तत्काल आधिकारिक ठेगाना खुलेको छैन । उनी इलामेली भएको बुझिएको छ । पैदलयात्री राईलाई दुर्घटनापछि उपचारका लागि निम्स हस्पिटल लगिएको र थप उपचारका लागि विराटनगरस्थित न्यूरो हस्पिटल लगिएकोमा उपचारका क्रममा राती अन्दाजी साढे १० बजे मृत्यु भएको थियो ।