थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन माग गर्दै आज काठमाडौँ महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले प्रदर्शन गरेको हो ।

सो क्रममा प्रदर्शनकारीहरुले ‘सही सुकुम्बासीको व्यवस्थापन गरौँ, नक्कली सुकुम्बासीलाई हटाउन ऐक्यबद्धता जनाऔँ’ भन्दै महानगरका मेयर बालेन्द्र साहलाई ज्ञापन पत्र पनि बुझाएका छन् । राजधानीको मुटुमा रहेको थापाथलीस्थित वाग्मती खोला किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी सुकुम्बासीका नाममा आफूखुशी बसोबास गर्दा खोलाको प्रदुषण बढेको, राजधानीको सौन्दर्यमा प्रतिकूल असर पारेको भन्दै त्यहाँ निर्मित टहरा हटाउन समितिले महानगरसंग माग गरेको छ ।

साथै,दिउँसै खुलारुपमा घरेलु हातहतियारको प्रदर्शनीका कारण राजधानी भयावह, अशान्ति तथा सन्त्रासमय वातावरणका कारण स्थानीय जनतामा गहिरो मानसिक दबाब उत्पन्न भएकोप्रति पनि महानगरको ध्यानाकर्षण गराइएको छ ।

‘राजधानीमा अमनचयन खल्बलिएकाले सो कार्यलाई व्यवस्थित र मर्यादित बनाउन काठमाडौँ महानगरपालिकाका प्रमुख/उपप्रमुख एवं नगर प्रहरीलगायत महानगरका समग्र कर्मचारीलाई जतिसुकै कष्ट, यातना झेल्नु परेपनि आफ्नो कर्तव्य र दायित्वबाट पछि नहटी कथित सुकुम्बासीले राजधानीको सौन्दर्यता, सुशान्ति र मैत्रीपूर्ण वातावरण कायम गर्ने यहाँहरुको महान कार्यमा हरपल साथ,सहयोग, समर्थन एवम् एक्यवद्धता जाहेर गर्न काठमाडौँ, ललितपुर, भक्तपुरलगायत देशैभरका सचेत तथा बुद्धिजीवी जनताको तर्फबाट यो ज्ञापन पत्र बुझाउन हामी उपस्थित भएका छौँ’, पत्रमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय