अत्याधिक धूवाँ फाल्ने १३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । मंगलबार काठमाडौंको कलंकीमा गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूवाँ फाल्ने १३ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको हो ।

अत्याधिक धूवाँ फाल्ने १० पिकअप भ्यान, भाडाको बस, माइक्रो र ट्रक एक(एक वटा गरी १३ वटा सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले मंगलबार कलंकीमा ४० वटा सवारी साधनलाई चेक गर्दा १३ वटा कारबाहीमा परेका हुन् । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय