धनुषा – मोटरसाइकल दुर्घटना हुँदा धनुषामा आज बिहीवार एक जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।

गिद्धादेखि यदुकोहा जाँदै गरेको बेला ठाकुरले चलाइरहेकाे मधेश प्रदेश २ ००६ प १८१९ नम्बरको मोटरसाइकल शहीदनगर नगरपालिका ६ हठीपुरमा दुर्घटना भएकाे हाे । माेटरसाइकल वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडक खण्डको कल्भर्ट नजिकैकै बिजुलीकाे पाेलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय