बिर्तामोड । कम्बोडियाको एक होटलमा आगलागीका क्रममा ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डे घुमफिरका लागि थाइल्याण्ड गएका थिए । परिवारका अनुसार उनी तीन महिनाका लागि घुम्न गएका थिए ।

गत कात्तिकको २१ गते थाइल्याण्ड गएका पाण्डे घुमफिरकै क्रममा कम्बोडिया पुगेको बुझिएको छ । उनको परिवार केहि वर्षदेखि काठमाडौंस्थित सुकेधारा बस्दै आएको थियो । निर्माण व्यवसायको क्षेत्रमा काम गर्दै आएका पाण्डे ३ महिने प्याकेजमा थाइल्याण्ड गएको बुझिएको छ । थाइल्याण्ड गएको दुई महिना पुग्न लागेको थियो । तीन महिनापछि घर फर्किने योजनासहित थाइल्याण्ड गएका पाण्डे होटलमा आगलागी भइरहँदा १२ तलामाथिबाट हामफाल्दा ज्यान गएको अन्तराष्ट्रिय समाचारमाध्यमले जनाएको छ ।

उनको श्रीमति र ९ वर्षीय छोरासहित काठमाडौं बसेर निर्माण व्यवसायको क्षेत्रका काम गरिरहेका थिए । काठमाडौं बसेर पनि बिर्तामोड बाक्लै आइरहने नातामा दाजुपर्ने खगेन्द्र उप्रेतीले जानकारी दिए । उनी चुनावको बेला पनि बिर्तामोड आएका थिए ।

उनका अनुसार पाण्डेको शव नेपाल ल्याउन सोमवार देखि प्रक्रिया शुरु गरिने भएको छ । कम्बोडियाको होटलमा भएको आगलागीमा फसेको थाहा भएपछि राती ११ बजे परिवारलाई भिडियो कल मार्फत जानकारी गराएका थिए । उनी होटलमा फसेको बेला भm्यालमा बसेर रेकर्ड गरेको भिडियो परिवारलाई पठाएका छन् । उक्त भिडियोले संसारभरका नेपालीलाई विक्षिप्त बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय