
गायक दुर्गेश थापामाथि स्टेजमै आक्रमण भएको छ । शनिबार बेलुका कपिलवस्तुको चनौटामा जारी महोत्सवमा प्रस्तुति दिइरहेका कलाकार दुर्गेश थापामाथि आक्रमणको भएको हो । नायक पल शाह र गायिका समिक्षा अधिकारीबीचको विवादमा खलपात्रको भूमिका खेलेको भन्दै विवादित बनेका कलाकार थापामाथि सोही कुरालाई लिएर स्टेजमै ढुंगा प्रहार भएको हो । शाहलाई थापाले फसाउन सहयोग गरेको शाह समर्थित शुभचिन्तकको आरोप छ । नायक शाह हाल नाबालिका बलात्कारको आरोपमा हिरासतमा छन् ।
उनीमाथि आक्रमण भएपछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । ढुंगा प्रहार भएपछि कार्यक्रम रोकिएको थियो । वडा प्रहरी कार्यालय चन्द्रौटाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।