धनुषा – जाँडरक्सी खाएर होहल्ला गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक जना प्रहरी हवलदारलाई कारबाही गरेकाे छ। जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपुरा चोककाे एक ग्यारेजमा सोमवार जाँडरक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरी हवलदार विपिनकुमार साह कारबाहीमा परेका हुन् ।

हवलदार साहले जाँडरक्सी खाएर गाली गलौज गर्दै तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि कारबाही गरिएकाे धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिरहामा दरबन्दीमा रही जिप्रका धनुषामा काजमा खटाइएका प्रहरी हवलदार साहलाई स्पष्टीकरण माग गर्दै कारबाहीकाे प्रक्रिया अगाडि बढाइएको हाे । ग्यारेजमा रक्सी खाएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पड हानेकाे भिडियोमा प्रष्ट देखिएकाे छ । यसबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah