
सेलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटकको चाप ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तथ्यांक हेर्दा चालू आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्रमा आउने पर्यटकको संख्या ७०.१७ प्रतिशतले बढेको छ ।
एभरेष्ट राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांकअनुसार गत वर्षको पहिलो पाँच महिनामा सात हजार ४६४ र चालू वर्षको सोही अवधिमा २५ हजार २९ जनाले खुम्बु भ्रमण गरेका थिए । अहिले सौनामा ३ सय ८५, भदौमामा ६ सय ९०, असोजमा ६ हजार ७३१, कात्तिक्मामा १३ हजार १५८ र मंसिरमा ४ हजार ६५ पुगेको छ ।
पाँच महिनामा २१ हजार ८ सय ५३ विदेशी र तीन हजार १ सय ७६ नेपाली पर्यटकले सगरमाथाको भ्रमण गरेको सूचना अधिकारी मण्डल्कोले बताए । राष्ट्रिय पर्यटन कार्यालयको तथ्याङ्कअनुसार सार्क मुलुकामा एक हजार ९९० र विदेशी पर्यटकमध्ये १० हजार ८६३ अन्य मुलुक्क रहेका छन् ।
पार्कले पर्यटक प्रवेश शुल्कबाट पाँच महिनामा तीन करोड ५५ लाख ७७ हजार १७६ रुपैयाँ राजश्व संकलन गरेको छ । विदेशी पर्यटकबाट प्रति पर्यटक ३ हजार, सार्कका नागरिकबाट १५ सय र नेपालीबाट १ सय रुपैयाँ प्रवेश शुल्क लिइएको छ ।
गत वर्ष कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन र सङ्क्रमणको जोखिमका कारण सगरमाथा क्षेत्रमा पर्यटकको चाप कम थियो ।
सन् २०३२ मा स्थापना भएको एभरेष्ट राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथा र ६ हजार मिटरभन्दा अग्लो ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसर, पुमोरी, अमादब्लम, थमसेर्कु जस्ता हिउँका चुचुरोहरू छन्।