सेलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटकको चाप ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तथ्यांक हेर्दा चालू आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्रमा आउने पर्यटकको संख्या ७०.१७ प्रतिशतले बढेको छ ।

एभरेष्ट राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांकअनुसार गत वर्षको पहिलो पाँच महिनामा सात हजार ४६४ र चालू वर्षको सोही अवधिमा २५ हजार २९ जनाले खुम्बु भ्रमण गरेका थिए । अहिले सौनामा ३ सय ८५, भदौमामा ६ सय ९०, असोजमा ६ हजार ७३१, कात्तिक्मामा १३ हजार १५८ र मंसिरमा ४ हजार ६५ पुगेको छ ।

पाँच महिनामा २१ हजार ८ सय ५३ विदेशी र तीन हजार १ सय ७६ नेपाली पर्यटकले सगरमाथाको भ्रमण गरेको सूचना अधिकारी मण्डल्कोले बताए । राष्ट्रिय पर्यटन कार्यालयको तथ्याङ्कअनुसार सार्क मुलुकामा एक हजार ९९० र विदेशी पर्यटकमध्ये १० हजार ८६३ अन्य मुलुक्क रहेका छन् ।

पार्कले पर्यटक प्रवेश शुल्कबाट पाँच महिनामा तीन करोड ५५ लाख ७७ हजार १७६ रुपैयाँ राजश्व संकलन गरेको छ । विदेशी पर्यटकबाट प्रति पर्यटक ३ हजार, सार्कका नागरिकबाट १५ सय र नेपालीबाट १ सय रुपैयाँ प्रवेश शुल्क लिइएको छ ।

गत वर्ष कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन र सङ्क्रमणको जोखिमका कारण सगरमाथा क्षेत्रमा पर्यटकको चाप कम थियो ।

सन् २०३२ मा स्थापना भएको एभरेष्ट राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथा र ६ हजार मिटरभन्दा अग्लो ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसर, पुमोरी, अमादब्लम, थमसेर्कु जस्ता हिउँका चुचुरोहरू छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah