काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन प्रस्ताव गर्नुभएको छ ।

मंगलबार धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राख्नुभएको हो ।

सोमबार प्रधानमन्त्री प्रचण्डले धुम्बाराही पुगेर देउवासँग भेटवार्ता गरी आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । सोही अनुसार देउवाले मंगलबारको पदाधिकारी बैठकमा विश्वासको मत दिने प्रस्ताव राख्न्ुभएको हो । देउवाको प्रस्तावमा पदाधिकारीबीच मतविभाजन भएपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

देउवाको प्रस्तावप्रति असन्तुष्ट पदाधिकारीले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका थिए । तर समयअभावका कारण कार्यसमिति बैठक बस्न असम्भव रहेकाले कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । कार्यसम्पादन समितिलाई केन्द्रीय कार्यसमितिले लिने निर्णय गर्न अधिकारी छ ।

कार्यसम्पादन समितिको बैठकले सभापति देउवाको प्रस्तावबारे छलफल गरेर निर्णय गर्ने र लगत्तै संसदीय दलको बैठकले विश्वासको मतबारे औपचारिक निर्णय गर्ने बताइएको छ । कांग्रेसको बैठक लम्बिएपछि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे सारिएको छ । सोही बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय