काठमाडौं । धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा क्रिकेटर सन्दीप लामिछाने शुक्रबार मात्रै थुनामुक्त हुने भएका छन् ।

उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएपनि समय अभावका कारण उनी शुक्रबार मात्रै थुनामुक्त हुने भएका हुन् ।

लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएपनि उक्त आदेश काठमाडौं जिल्ला अदालत हुँदै कारागार कार्यालयमा आइपुग्नुपर्छ ।

बिहीबार ढिलो गरी आदेश आएको कारण यी सबै प्रक्रिया पूरा गर्न बिहीबार सम्भव नभएकाले शुक्रबार मात्रै कागजी प्रक्रिया पूरा गरी लामिछाने रिहा हुने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय