काठमाण्डाै – आज चार वटा प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश एक, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । त्यस्तै तराई मधेसमा हुस्सु र कुहिरो छ ।

मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली नै छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । तराई/मधेसको हुस्सु र कुहिरो पनि घाम लागेपछि बिस्तारै हट्नेछ ।

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । यो हिजोको तुलनामा शून्य दशमलव ४ डिग्री सेल्सियसले कम हो । हिजो बिहान काठमाण्डौको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाण्डौमा दिउँसो अधिकतम तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । आज अरु ठाउँको मौसम सामान्यतया सफा नै छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय