आइतबार बिहान पोखराको सेती खोंचमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।

काठमाडौंबाट उडेको उक्त जहाज अवतरणका लागि अनुमति लिइसकेपछि विमानस्थलभन्दा दुई किलोमिटर पर दुर्घटनामा परेको हो।

६८ जना यात्रु सवार उक्त एटिआर जहाज पाइलट कमल केसीले उडाएका थिए। चालक दलमा कोपाइलट अञ्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आलेमगर थिए।

कोपाइलट अञ्जुले जहाज दुर्घटनाले दिएको पारिवारिक वियोगपछि पाइलट पढेकी थिइन्।

विराटनगरकी अञ्जुले भारतबाट प्लस टु गरेकी थिइन्।

सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा उनका श्रीमान् दीपक पोखरेलको निधन भएको थियो।

विराटनगर-५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार पोखरेलको निधनपछि नै अञ्जुले अमेरिका गएर पाइलट पढेकी थिइन्।

‘उहाँका बुवाले पहिला ज्वाइँ पनि जहाज दुर्घटनामा बित्नुभयो, आज छोरीको पनि दुर्घटना भयो भन्नुभयो,’ न्यौपानेले भने।

अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएकी थिइन्।

जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्। स्रोतका अनुसार उनी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए।

काठमाडौंको बुढानिलकण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिएलगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए।

त्यसपछि उनी जागिरका लागि भारत गएका थिए। यति एयरलाइन्समा उनले १५ वर्षअघि जागिर सुरू गरेका थिए।

दुर्घटनामा परी अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ।

दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ।

‘३० वटा शव निकालेर अस्पताल पुर्‍याइसकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास गरिरहेका छौं,’ केसीले भने, ‘तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको छ।’ सेतो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88