काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ ।

गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम हुने गरेको थियो ।

आजदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन सडक बन्द गर्न लागिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले गाडी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताउनुभयो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार गाडी रोकेर काम गर्दा निर्माणकार्य प्रभावकारी भएको छ ।

निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णय अनुसार हिजो ४ गते ३० दिन पुगेको थियो । पुसको ३० गते र माघको १ गते माघे संक्रान्तिका कारण सडक बन्द गरिएको थिएन ।

हिजोसम्म सडक दिउँसो समयमा बन्द हुने भनिए पनि भित्तो काट्ने नसकिँदा फेरि एक महिना थप गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88