असिम राई दमकमा स्थापित युवा व्यवसायी हुन । फर्निचर तथा काष्ठ सम्बन्धिको व्यवसायमा संलग्न रहँदै यहाँको व्यवसायिक तथा सामाजिक गतिबिधिमा क्रियाशील राई हक्की र निडर स्वभावका छन ।

अन्याय नगर्ने मात्रै होइन अन्याय सहनु पनि हुँदैन भन्ने मान्यता राखेर व्यवसायीहरुको नेतृत्वदायी साझा संस्थामा लागिपरेका राई २०७६ को दमक उद्योग वाणिज्य संघको निर्वाचनमा पहिलो पटक लडेर चुनावी नतिजा आफनो पक्षमा पार्न सफल भएका थिए । पहिलो पटकको निर्वाचनमा कार्यसमिति सदस्यमा निर्वाचित भएका राईले आफनो कार्यकालमा आफनो पदीय दायित्व भित्र रहेर प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेका कारण पुनः यसपटकको निर्वाचनमा अपग्रेड हुँदै चुनावी मैदानमा छन ।

संघको तृतीय उपाध्यक्षको उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका राईले आफनो जिवनका संघर्षपूर्ण क्षणहरुको सामना गर्दै गरिखाने उमेरसंगै आफैं स्वरोजगारको अवसर सिर्जना मात्रै गरेका छैनन अहिले प्रत्यक्ष रुपमै १२ जना अरुलाई पनि रोजगारीको अवसर दिएका छन । बाबु बाजेले कमाएको जेथामा नभई आफनै मेहनत र पसिनाबाट सिञ्चित व्यवसायमा जमेका छन राई ।
म भाडामा व्यवसाय थालेर सुखदुख भोग्दै यहाँ सम्म आएको हुँ , व्यवसायिक क्षेत्रका हरेक समस्याहरुका बारेमा म जानकार छु , पीडा जसलाई थाहा हुन्छ पीडाबाट मुक्त हुने उपाय पनि उसैले खोज्न सक्छ, अहिले सारा व्यवसायीहरुको समस्यामा साझेदारी गर्दै समस्या समाधानको लागि मेरो उम्मेदवारी हो – चुनावी मैदानमै रहेका तृतीय उपाध्यक्षका उम्मेदवार राईले भने ।

१३ बर्षदेखि उद्यम सञ्चालन गर्दै आएका राई सुम्निमा फर्निचर , रोश्नी काष्ठ स–मिल सञ्चालक हुन भने वित्तिय क्षेत्रमा विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षका रुपमा रहेर क्रियाशील छन । सामाजिक क्षेत्रमा राई लायन्स क्लब माउण्ट मकालुमा आवद्ध रहेका उनले दुख र अन्यायमा परेका गैह्रव्यवसायीहरुको समेत सेवामा आफनो क्षमताले भ्याएसम्म योगदान गर्दै आएका छन । उनको उम्मेदवारीलाई दमकको व्यवसायिक तथा राजनीतिक क्षेत्रमा चासो र महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88