कैलाली//:-पत्रकार दीपक उपाध्याय नेपाल सुदुर धनगढीका एक परिचित पत्रकार हुन् जसले न्यूज २४ ,STS टेलिभिजन ,ई – कागज अनलाईन , देखापढी लगायत दर्जनौं नेशनल मिडिया मार्फत दशकौँ अघि देखि नेपाली समाज रुपान्तरणमा कलम चलाएर योगदान दिईरहेका छन्।
हरपल जनताको आम चासो र समस्याहरूको खबरदारी सँगै उनी एउटा अर्को पुण्य कर्ममा समेत जोडिन पुगे जुन उनका दाजु बाट मिलेको एक सत्प्रेरणा थियो , सत्मार्ग थियो।

उनका दाजु विनोद उपाध्याय धनगढी जेसिसमा हुँदा देखिनै रक्तदान गर्थे,उनकै प्रेरणाले पत्रकार दीपक उपाध्यायले समेत रक्तदान गर्न शुरू गरेका हुन् ।

पत्रकार उपाध्याय हाल उमेरले ४५ वर्ष पुग्दासमेत रक्तदान नियमित गर्दै आईरहेका छन्।
गत माघ २७ मा उनले १०० औँ पटक रक्तदान गरी सकेका छन् जुन विरलै मान्छेले दिने गर्छन् ।
अर्को शब्दमा भन्नेहो भने उनले सय जनालाई जीवनदान गरिसकेका छन्।
उनी प्रत्येक तीन महिनामा रक्तदान गर्छन्।
बीचमा केही समय स्वास्थ्य समस्याको कारण उनले रक्तदान गर्न सकेनन्।
उनी सम्झन्छन् ” मलाई दैनिक पाँचदेखि दश कल आउने गर्छ। मैले त्यसरी फोन आउँदा सक्दो प्रयास गरेको छु। मलाई कल आउँदा रगतको समस्या हुन दिएको छैन। त्यसरी सम्पर्कमा आउँदा समाजिक सञ्जालमा कुन ग्रुपको रगत आवश्यक हो भनेर राख्ने गरेको छु। मसँग रक्तदाताहरूको फोन नम्बर पनि छ। उनीहरूको ब्लड ग्रुप र नम्बर राखेको छु। उनीहरूलाई पनि कल गरेर रगत जुटाउन थाल्छु’।”
धनगढी स्थित रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्रमा पनि आफूले समन्वय गर्ने गरेको उनले बताए। रक्तसञ्चारमा सम्पर्क गरी त्यहाँ भएको रगत आवश्यक पर्ने बिरामी लाई दिन र त्यहाँ रिप्लेस गर्न आवश्यक रगतका लागि अर्को मानिस पठाउँछु, उनी भन्छन्। सोही अनुसार रक्तसञ्चारले पनि सहयोग गर्दै आईरहेको छ।
जसरी भए पनि आफूकहाँ पुगेको बिरामीले चाँडो रगत पाओस् भन्ने आफ्नो चाहना भएको उनि सुनाउँछन्।


न् १९०१ मा कार्ल ल्यान्डस्टेनरले मानव शरिरमा ए, बि र ओ रगत समूह हुनेरहेछ भन्ने ज्ञान पत्ता लगाए। त्यसपछि बिरामीको जुन समूहको रगत छ त्यही नै समुहको रगत संचार गर्दा धेरै बिरामी बाँचे ।


अहिलेसम्म रगत कुनै प्रगोगशालामा बन्न सकेको छैन। कसैलाई रगत चाहिए स्वस्थ ब्यक्तिले नैं दिनैपर्छ। अरुलाई रगत दिनेको जती नै प्रशंसा गरे पनि पुग्दैन। त्यस्ता रक्तदातालाई सम्मान स्वरुप धन्यवाद ज्ञापन गर्न तथा रक्तदानको आवश्यकताबारे विश्वब्यापी चेतना फैलाउन सन् २००४ देखि जुन १४ लाई विश्व स्वास्थ्य सङ्गठनले विश्व रक्तदाता दिवस मनाउँदै आइरहेको छ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०१९ को प्रतिवेदन अनुसार त्यस बर्ष करीब १२ करोड पोका रगत दान गरियो । त्यति रगतले विश्वभरका बिरामीलाई उपचार गर्न अझै रगत अभाव छ। हाम्रो देश नेपालमा वार्षिक ३ लाख हाराहारी पोका रगत दान हुन्छ। यो पर्याप्त छैन। सबै बिरामीको सजिलै रगतमा पहुँच पुर्‍याउन त्यस देशको जनसंख्या अनुसार २ प्रतिशत भन्दा बढीले रगत दान गर्नै पर्छ।

मानवीय सेवामध्ये सबैभन्दा ठूलो रगत दान हो भन्ने
रगत प्रत्येक ९० दिन अर्थात तीन महिनामा रक्तकोषिकाहरू परिवर्तन भइरहेका हुन्छन्। त्यसैले शरीरमा त्यसै खेर जाने रगतले कसैलाई बचाउन सकिन्छ भने किन नबचाउनु,’ उनी भन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय