राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न परिवर्तन भएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा गोलाकारभित्र घण्टी चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएको रास्वपाले अब घण्टी चिह्नबाट प्रतिस्पर्धा गर्ने भएको हो ।
घण्टीबाहिरको गोलो घेरा हटेको निर्वाचन आयोग स्रोतले जानकारी दियो ।
रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि वैशाख १० मा चितवन- २ मा उपचुनाव हुँदैछ ।
उक्त उपचुनावमा रवि नयाँ चिह्नबाट प्रतिस्पर्धा गर्नेछन् ।