झापामा कारकाे ठक्करबाट दुई जना पैदल यात्रीकाे मृत्यु भएकाे छ । मृत्युु हुनेहरूमा कनकाई नगरपालिका- ८ निवासी ३२ वर्षीय सन्तोष गुरुङ र साेही ठाउँका ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार कनकाई-८ स्थित लक्ष्मिपुर चौकमा गएराति १२ बजे पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना ४ च ४५२५ नम्बरको कारले बाटो क्रस गर्दै गरेको अवस्थामा उनीहरूलाई ठक्कर दिएकाे थियो । कारको ठक्करबाट दुवै जनाकाे दिघटनास्थलमा मृत्यु भएको थियाे । यता कारसहित चालकलाई ईलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय