
मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट शम्भु थापा पक्राउ परेका छन् भने उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिएका छन ।
पक्राउ परेका थापा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक रहेका छन् ।
बैंकर्सहरुले थापाको धम्कीपूर्ण अभिव्यक्तिले सबैतिर प्रभाव पार्ने देखिएकाले पक्राउ गर्न दबाव दिएका थिए साथै बैंक तथा वित्तीय क्षेत्रमा एक प्रकारको त्रास सिर्जना भएको भनि प्रहरीलाई जनाएका थिए र उनलाई पक्राउ गरिएको हो ।