काठमाडाैं, ८ कात्तिक । प्रहरीले मंगोलबासी राष्ट्रिय फोर्स नामक भूमिगत सैन्य दस्ताको प्रमुखसहित १३ जनालाई हतियारसहित पक्राउ गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी फोर्सका अध्यक्ष उपेन्द्र घर्तीमगर लगायतलाई सार्बजनिक गरेको छ ।

पक्राउ पर्नेमा नेसनल फोर्सका अध्यक्ष तथा पश्चिम क्षेत्रिय इन्चार्ज उपेन्द्र घर्ती मगर, पूर्वी क्षेत्रिय इन्चार्ज पृथ्वी नारायण लिम्बु, मध्य क्षेत्रिय इन्चार्ज टेम्दी शेर्पा, केन्द्रीय सदस्य सचिन पालुङवा लिम्बु, एसटिएफ कमाण्डर सुवास राइ, सक्रिय सदस्य रविन श्रेष्ठ, बन बहादुर स्याङवो, अजय तामाङ, रामबहादुर बुढा मगर, लोकबहादुर बुढा मगर, चन्द्रवीर घर्तीमगर, दुजमान घर्तीमगर र जोग बहादुर घर्ती मगर रहेका छन् ।

टेम्दी शेर्पा पाँच वर्ष अगाडि नेपाल आयल निगम अगाडि बम विष्फोट गराउने मध्येका एक हुन् ।

उनीहरुले २०७२ सालमा रुकुममा उपेन्द्र घर्तीमगरको नेतृत्वमा पूर्व, मध्य र पश्चिम कमाण्डका कार्यकर्ताहरुलाई संगठित गरी सैन्य तालिम दिएको खुलन आएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट भरुवा रिभल्भर, बन्दुक, कटुवा पेस्तोल, सकेट बम, सुतली बम, लगायत घरेलु हतियारहरू बरामद गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय