तनहुँ, ८ कात्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको पक्षमा सति जान खोज्नेको राजनीति सिद्धिने दाबी गरेका छन् ।
तनहुँको दमौलीमा सोमबार विहान भएको एमालेको चियापान कार्यक्रममा उनले लोकमानको काँध नथाप्न पनि राजनीतिक दलहरुलाई आग्रह गरे ।
‘लोकमानको पक्षमा सति जाने र बैतर्णी तार्न खोज्ने जोसुकैको आफ्नै बिजोग हुन्छ ।’ – उनले भने ।
काँग्रेसले महाअभियोगको पक्षमा निर्णय लिने संकेत गरेको उनले बताए । महाभियोग प्रस्ताव पारित हुने निश्चित रहेको भन्दै त्यसअघि नै कार्कीलाई राजिनामा दिन पनि उनले सुझाव दिए ।
अख्तियारले नै कार्कीमाथि छानबिन गर्नुपर्ने नेता भट्टराईको भनाइ छ । कार्कीले अदालतको मानहानीलगायत अख्तियारकै दुरुपयोग गरेकामा सजाय पाउनुपर्ने उनले माग गरे।
खबर डबली बाट सभार गरिएको ।



