गोरेटो अनि उस्तै छ गल्ली
तिमी कतै बदल्यौ कि …
ओ प्रिय …

गोरेटो अनि उस्तै छ गल्ली
तिमी कतै बदल्यौ कि …

अरु बेला यो गीत सुन्दा श्रोताले प्रेमिल मुटुको मायाको भक्कानो महसुस गर्थे । बुधबार दिउँसो यही गीत प्रज्ञा भवनमा गुञ्जिँदा भने गीतको भाव फरक सुनियो ।

 सो गीतका सर्जक गायक तथा संगीतकार सुनील बर्देवा एकेडेमीको डबलीमा चीर निद्रामा थिए । छेउमै कलाकार टोलीले उनकै गीत ‘गोरेटो’ गाइरहँदा त्यसभित्रको ‘ओ प्रिय’ सम्बोधनले उनैलाई खोजिरहेको थियो ।

गिटारिस्ट कलाकारहरूको टोलीले सुनीललाई श्रद्धाञ्जलीस्वरूप उनकै चर्चित गीत समर्पण गरेका थिए । डबलीमा गायक-गायिका, संगीतकार, गीतकार, संगीतप्रेमी र शुभेच्छुकहरुले गीत गुनगुनाएर श्रद्धाञ्जलीको भाव अझ गाढा पारेका थिए ।

Sunil Bardewa (2)

श्रद्धाञ्जली मन्तव्यका क्रममा कलाकारहरुले क्षमतावान् कलाकार अल्पायुमै विदा भएकोमा गहिरो दुःख प्रकट गरे । केही समयअघि अत्यधिक मदिरा सेवनका कारण लोक गायक खेमराज गुरुङ बितेको र सुनीलको मृत्युको कारण पनि त्यही भएको भन्दै कलाकारले आत्मसमीक्षा गर्नुपर्नेमा सबैले जोड दिए ।

Sunil Bardewa (3)

सो क्रममा कर्ण दास, ज्योति घिमिरे, हेमन्त शर्मा, आनन्द कार्की लगायतले कुशल संगीतकर्मी र असल मान्छेका रूपममा सुनीललाई स्मरण गरे । कर्ण दासले एउटा कलाकार अल्पायुमै जीवनसँग हार्दा उसलाई के ले हरायो भनेर अन्य कलाकारले पनि मनन गर्नुपर्ने बताए । ‘हामी कलाकारको पछाडि परिवार र थुप्रै श्रोता तथा शुभेच्छुक जोडिएका हुन्छन्,’ उनले भने, ‘बाँचुन्जेल हामीले आफ्नो कर्त्तव्य नबिर्सौँ ।’

Sunil Bardewa (5)

दिउँसो दुई बजेदेखि केही घन्टाका लागि प्रज्ञा भवनमा राखिएको सुनीलको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम छ । कलेजोको समस्याबाट पीडित उनको मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । उनको श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ । उनका दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah