झापाको तोपगाछीमा २   इटाभट्टा सञ्चालन गर्न लागेको भन्दै झापाको तोपगाछीका स्थानीयले विरोध जनाएका छन् । इटाभट्टा सञ्चालन गर्दा गाँउमा प्रदुषण हुने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
तोपगाछी २ मा दमकका ब्यवसायी गुणराज थापाले सञ्चालनमा ल्याउन लागेको इटाभट्टा सञ्चालनमा रोक लगाउन माग गर्दै स्थानीयले आज गाविसको कार्यलयमा प्रर्दशन गरेका छन् । हाल तोपगाछीको २ नम्बर वडामा मात्र ४ वटा इटाभट्टा सञ्चालनमा रहेका छन् । जसका कारण त्यहाँका स्थानीय गाँउनै छाडेर विस्थापित भईसकेका छन् । इटाभट्टा सञ्चालन गरेको ३ किलोमिटर वरिपरिको क्षेत्रका खेतियोग्य जमिनमा समेत असर पर्ने स्थानीयले बताएका छन् ।
त्यही वडामा अर्को इटाभट्टा सञ्चालनमा ल्याउदाँ तोपगाछी २, ३ र गौरादह नगरपालिकाका २, ६ र ८ का करिब १० हजार स्थानीयलाइ प्रत्यक्ष पर्ने स्थानीय तुलसी दंगालले बताउनुभयो । स्थानीय केदार कटुवालले गाविस र सञ्चालक थापाबीच मिलेमतो भएका कारण जवरजस्ती इटाभट्टा सञ्चालनमा ल्याउन खोजेको आरोप लगाउनुभयो । आफुहरु उद्योग धन्दाको विरोधि नभएको भन्दै बस्ति भन्दा टाढा उद्योग सञ्चालन ल्याउनु पर्ने उहाको भनाई छ । यस तर्फ राज्यले समेत ध्यान नदिएको स्थानीयले आरोप लगाएका छन् । उद्योग सञ्चालनमा रोक लगाउन माग गर्दै स्थानीयले गाविस सचिव बिरेन्द्र खड्कालाई हस्ताक्षर संकलन गरेर बुझाएका छन् । गाविस सचिव खड्काले राजनितीक दलले समेत उद्योग सञ्चलनमा स्वीकृत गर्न दबाब दिएको बताउनुभयो ।
साभार हाम्रो तोपगाछी राम्रो तोपगाछी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय