प्रहरीले कडाई गरेपनि भारतीय क्षेत्रबाट पटाका अवैध रुपमा नेपाल ल्याउने क्रममा भने कमी आएको छैन् । जिल्ला प्रहरी कार्यालय झापाले झापाका विभिन्न स्थानबाट बरामद गरेको अन्दाजी २ लाख मुल्य बराबरको वारुदजन्य पटका विहीबार नष्ट गरेको छ । नेपालमा प्रतिबन्धित पटकालाई प्रहरीले आज पत्रकार सम्मेलन गर्दै कार्यालय परिसरमा नष्ट गरेको हो ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट बारुदजन्य पटका नेपाल भित्रीरहेको विशेष सूचनाको आधारमा प्रहरीले पटका बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए । प्रहरीले भद्रपुर, पृथ्वीनगर, जलथल, पाठामारी, दमक, घेराबारी, गौरीगञ्ज, कुमरखोद, काकरभिट्टा, विर्तामोड लगायतका क्षेत्रबाट पटका बरामद गरिएको डिएसपी शर्माले बताउनु भयो ।



