विराटनगरःछिमेकी जिल्ला झापाको दमक क्षेत्रमा डेंगु रोगको प्रकोप फैलिएपछि रोग सार्ने लामखुट्टे मोरङतर्फ पनि सरेको छ । जिल्लाको पथरीशनिश्चरेमा पनि डेंगु रोग सार्ने लामखुट्टे फेला परेपछि रोगको जोखिम बढेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका सिनियर अहेव डिल्लीराम श्रेष्ठको अगुवाईमा पथरी स्वास्थ्य चौकी प्रमुख मुरारी आचार्य, पथरीशनिश्चरे नगरपालिका प्रमुख विनोदकुमार भण्डारी लगायतको टोलीले गरेको अनुगमनका क्रममा डेंगु रोग सार्ने लामखुट्टे फेला परेको हो । पथरी बजारको पूर्वतर्फ रहेका अटो वर्कशपहरुमा राखिएका टायरमा डेंगु सार्ने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे र त्यसका लार्भाहरु फेला परेको पथरी स्वास्थ्यचौकी प्रमुख मुरारी आचार्यले बताउनु भयो । उहाँले पथरीमा भेटिएको लामखुट्टे र लार्भा रोगी हो होइन भन्ने परीक्षण गरिने र रोगी लामखुट्टे भएमा चाँही रोगको जोखिम हुने जानकारी दिनुभयो । उहाँले बजार क्षेत्रमा अव्यवस्थितरुपमा राखिएका टायर हटाएर सरसफाई गर्न नगरपालिकासँग मिलेर अभियान सञ्चालन गरिने पनि बताउनु भयो । जिल्ला जनस्वास्थ्य कार्यालयको अगुवाईमा दमक नगरसँग सिमा जोडिएको उर्लाबारी नगरमा समेत हिजो र आज अनुगमन गरिएको छ । तर उर्लाबारीमा भने त्यसखाले लामखुट्टे फेला नपरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah