काठमाडौं, १४ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखजीको नेपाल भ्रमणका क्रममा उनी सवार हुने काठमाडौंका सबै रुटको सडक खाली गराइने भएको छ । राष्ट्रपति मुखर्जी आउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालदेखि बस्ने होटल तथा कार्यक्रम स्थलसम्म सडकमा सवारी साधान चल्ल नदिने भएको हो ।

आजको राजधानी दैनिकमा खबर छ –भारतका राष्ट्रपति मुखर्जीले १७ कात्तिकदेखि १९ कात्तिकसम्म नेपाल भ्रमण गर्दैछन् ।भ्रमणका लागि तयार पारिएको विशेष सुरक्षा योजना अन्तर्गत सडक खाली गराइने भएको हो ।

नेपाल –भारत खुला सिमाना र भारत र पाकिस्तानबीच हाल देखिएको चिसोपनाको कारण पनि राष्ट्रपतिको भ्रमणमा विशेष सुरक्षा संवेदनशिलता अपनाउन लागिएको हो ।

राष्ट्रपति मुखर्जीका लागि काठमाडौं सहित उनी जाने पोखरा र जनकपुरका लागि जामरहितको सवारी साधनको व्यावस्था गरिएको छ । सो जामरले सय मिटर वरपरको क्षेत्रमा मोबाइल सेट , डिजिटल डिभाइस लगायत विद्युतिय माध्यमलाई निष्क्रिय पारी सञ्चार सम्पर्क समेत विच्छेद गरिदिन्छ ।

भ्रमण हुँदा सडकमा दयाँबायाँ १० मिटरसम्म सर्वसाधारणले हिँडडुल गर्न पाउने छैैनन् भने अग्ला घरमा समेत सुरक्षाकमी तैनाथ गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय