जाजरकोट, कात्तिक । सक्ला गाविस–१ सेपुखोलामा शेरबहादुर नेपालीले आफ्नै लगानीमा बिजुली उत्पादन गरी गाउँ झिलिमिली बनाएका छन् ।

करिब ५० भन्दा बढी घरधुरीमा विद्युत् सेवा सुचारु भएपछि गाउँ नै झिलिमिली भएको हो । स्थानीय पानी घट्टबाट डाइनामा जडान गरी विद्युत् उत्पादन गरिएको लगानीकर्ता नेपालीले बताए । घट्टबाट बेलुका ६ देखि बिहान ६ बजेसम्म बिजुली निकाल्ने गरिएको छ ।

घरघरमा बिजुली पुगेसँगै टिभी हेर्न, मोबाइल चार्ज गर्न र विद्यार्थीलाई पढ्न सजिलो भएको स्थानीय स्वास्थ्य चौकीका इन्चार्ज वीरराज सिंहले बताए । यसअघि सो गाउँका बासिन्दाले सोलार र दियालोको उज्यालोमा जीवन गुजारा गर्नुपरेको थियो ।

बिजुली निकाल्न तीन लाखभन्दा बढी खर्च भएको नेपालीले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय