काठमाडौं, १५ कात्तिक ।  नेकपा एमालेका सचिव तथा युवा नेता योगेश भट्टराईले लोकमानले हारे पनि लोकतन्त्रले हार्न नहुने बताएका छन् ।

दिपावलीको राति ट्वीट गर्दै उनले भनेका छन्, ‘लोकतन्त्रले हार्नुहुँदैन, लोकमानले हार्दा केहि बिग्रिदैन ।’ उनले सांसदभन्दा संसदले जित्नुपर्ने तर्क गरेका छन् । उनी ट्वीटमा लेख्छन्, ‘साम्सदले हार्दा केहि हुँदैन तर सम्सदले भने हार्नु हुँदैन ।’

भट्टराईको ट्वीटमा जवाफ फर्काउँदै नन्द बन्जाडे संविधान कार्यान्वयनमा ध्यान दिन सुझाव दिएका छन् । उनको तर्क छ यसो नभए यो पुस्ताले नै राजनीतिक नेतृत्व गुमाउने छ ।

बन्जाडे लेख्छन्, ‘संविधान कार्यान्वयन भई निर्वाचन हुँदा जो सुकैले जितोस् लोकतन्त्रले जित्ने छ; होइन भने यो पुस्ताले अबको राजनीतिको नेतृत्व गुमाउने छ। लोकतन्त्रले जित्दा भविष्यमा जो कोहीले चुनाव फेरि पनि जित्न सक्छन।’

एमाले प्रचार विभाग प्रमुख रहेका भट्टराईको स्टाटसमा विदेशबाट कुमार भारतीको जवाफ पनि कम मर्मस्पर्शी छैन । उनी लेख्छन्, ‘हरेक छ-छ महिनामा फेरिने सरकारले के गर्ने ? जनताबाट निर्वाचित कार्यकारी प्रमुख हुनुपर्दछ । उनले योगेशलाई त्यस्तो व्यवस्थामा योगेश पनि त राष्ट्रपति बन्न सक्नुहुन्छ नि भन्दै शुभकामना दिएका छन् ।

परदेशी भूमिबाट उनको गुनासो र धोको छ, ‘आफू त पर —— देशी भएँ के गर्नु ! कम्सेकम ५ साल एउटा सरकार होस्, के यो नाटक जनता कति हेरिरहनु ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah