उपमहानगरपालिका-१ स्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको दाहाल कोल्ड सेन्टरका सञ्चालक ६५ वर्षका केदार दाहाललाई पसलभित्रै साङ्घातिक आक्रमण गरी झण्डै अढाई लाख रुपैयाँ लुटपाट गरेको घटना सार्वजनिक भएको छ । प्रहरीले घटना भएको पसल खोलेर मुचुल्कासमेत गरेको छ । कात्तिक १५ गते साढे नौ बजेतिर आक्रमणकारीले दाहालको टाउको र अनुहारमा इँटाले हिर्काएर कोल्ड सेन्टरभित्रै लडाई बाकसमा भएको दिनभरी बिक्री गरेको अढाई लाखभन्दा बढी रुपैयाँ लुटेर दोकानको सटर बन्द गरेर फरार भएको घटनाको बुधबार सोधखोज र अनुसन्धान थालिएको छ । घाइते दाहालको भने विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इप्रका इटहरीले जानकारी दिँदै घटनामा फेला परेको मोबाइलका आधारमा एक जना शङ्कास्पद व्यक्ति नियन्त्रणमा लिइसकेको र अरु अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । उपचारमा रहेका दाहालको आँखा र दाँतमा गम्भीर चोट लागेको र उनी अझै अर्धचेत अवस्थामा रहेकाले कसले उनीमाथि आक्रमण गरेको भन्ने कुरा यकिन गर्न कठिनाइ भइरहेको उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेस विष्टले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय