इटहरी -तरहराको एक होटलमा गोली चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । तरहराको भोजपुरे होटलमा बस्दै आएका काठ व्यापारी तोर्ण पौडेल र होटल सञ्चालक जंगमानराई गोली हान्ने १७ बर्षका हरी प्रसाद विष्टलाई पक्राउ गरेको हो ।

गोली काण्डमा संलग्न अन्य दुई जना उनका सहयोगी उदयपुरका प्रशान्त कार्की र मोरगं विराटनगरका अंकित कुमार सिंहलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

आज इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी इलाका प्रहरी कार्यालयले उनीरुलाई सार्वजनिक गरेको हो ।

संखुवासभा वाना गाविसका खयर व्यापारी बद्रि रिजालको निर्देशनमा हरी विष्टले काठ व्यापारी तोर्ण पौडेललाई गोली हानेको प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिनुभयो ।

योजनाकार बद्रि रिजाल फरार रहेको प्रहरीले बताएको छ । काठ व्यापारी रिजाल र पौडेल वीचको लेनदेनका कारण पैसा दिएर गोली हान्न लगाएको हुन सक्ने अनुसन्धानबाट खुलेको डिएसपी सुवेदीले जानकारी दिनुभयो ।

प्रक्राउ परेका तिनै जनालाई हातहतियार तथा संगठित अपराध अन्र्तगत मुद्धा चलाईने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah