मोरङ, कात्तिक २५ गते। मोरङको गोबिन्दपुर-९ पटियापाडामा बुधबार विधुत सर्ट भइ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ भने अन्दाजी १ लाख २५ हजार बराबरको क्षति भएको छ।

स्थानिय अजित कुमार दासको टिनको छनो भएको १ तले घरमा दिँउसो १ बजेतिर बिजुलीको मिटर सर्ट भइ अचानक लागेको आगोले घर तथा घर भित्र भएको अन्नपात, भाडा बर्तन, लताकपडा लगाएत सम्पूर्ण सामान समेत जल्दा १ लाख २५ हजार बराबरको क्षति भएको बताएको छ।

आगलागी प्रहरी चौकी डायानियाबाट खटिएको प्रहरीको टोलील र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको प्रहीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय