
दमक नगरपालिका वडा नं. ११ स्थित बीच बजारमा रहेको नमुना मार्ग सडक निर्माणका विषयमा सरोकारवाला, उपभोक्ता, दमक नगरपालिका तथा दमक उद्योग वाणिज्य संघ बीच छलफल कार्यक्रम आज सम्पन्न भएको छ ।
सो कार्यक्रम मा उक्त सडक निर्माण कार्य लाई दमक नगरपालिकाको मापदण्ड अनुरुप आधार मानी तिब्र गतिमा अघि बढाइने प्रतिवद्धता सहित सर्वसम्मत निर्णय गरिएको थियो । साथै सो सडक निर्माणका समयमा कुनै विवाद उत्पन्न भएमा सहजीकरण गरी विवाद समाधान गर्नका लागि बाणिज्य संघका अध्यक्ष श्री राजेन्द्र ढकाल ज्यूको संयोजकत्वमा सहजीकरण उप–समिति समेत गठन गरिएको थियो। उक्त समितिका सदस्यहरुमा संघका प्रथम उपाध्यक्ष श्री गोपाल गुरागाई, द्धितिय उपाध्यक्ष श्री युवराज घिमिरे, कार्यसमिति सदस्य श्री ज्ञाननाथ पौडेल, श्री टिकाराम प्रसाईं, श्री रमा लिम्बू तथा व्यवसायीहरु श्री लोकनाथ सिग्देल, श्री सोम चम्लागाई, श्री युवराज आचार्य, श्री मनोज आचार्य, श्री शिव श्रेष्ठ रहनु भएको जानकारी बाणिज्य सघ दमक का प्रथम उपाध्यक्ष गोपाल गुरागाइ ले जानकारी दिनु भएको छ।।