काठमाडौँ, २७ कात्तिक – सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ। क्यानेडियन क्यान्सर सोसाइटीले सुर्तीजन्य पदार्थमा ‘चेतावनीमूलक सन्देश’ विषयक अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरेको हो।

यसअघि विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ मा आवुधावीमा भएको विश्व सुर्ती सम्मेलनमा पनि नेपाललाई सम्मान गर्नुका साथै कानुनको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक सहयोग प्रदान गरेको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले जनाएको छ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र त्यसपछि आएका नियमावलीले व्यवस्था गरेअनुरुप नेपालले ९० प्रतिशत चेतावनीमूलक चिह्न राख्ने व्यवस्था २०७१ जेठ १ गतेदेखि लागू गरेको थियो।
सरकारले सुर्तीजन्य पदार्थको बट्टा, पोका, र्यापर्स, पेटी तथा पार्सल र प्याकेजिङको बाहिरी कुल भागमध्ये ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र छाप्न तथा अङ्कित गर्न निर्देशन दिएको थियो।
क्यानेडियन क्यान्सर सोसाइटीले भारतको दिल्लीमा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको फ्रेमवर्क कन्भेन्सनका सरोकारवालाको सातौँ कन्फरेन्स अफ दी पार्टीको दौरानमा सो प्रतिवेदन जारी गरेको हो।
सुर्ती नियन्त्रणका लागि अन्तर्राष्ट्रिय अभिसन्धिको अनुमोदन गर्ने १८१ राष्ट्रको सम्मेलन भारतको नोइडा, उत्तर प्रदेशमा यही कात्तिक २२ गतेदेखि सुरु भएको सम्मेलन शनिबारसम्म जारी रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah