इटहरीको टेङ्ग्राखोला पुलमा सवारी चापले मानिसलाई पैदल हिड्न जोखिमपूर्ण स्थितिमा रहेकोे ब्यस्त पुलको दायाँबायाँमा निर्माण गरिने पुलको साँसद रेवतीरमण भण्डारीले बुधबार सिलान्यास गरेका छन् ।
पूर्वपश्चिम राजमार्गको पुलको दायाँबायाँ साढे ६ फुट चौडाको पक्की फुटपाथ यही आर्थिक बर्षभित्रमा निर्माण गरिसक्ने गरी कार्की बन्धु श्रीकृष्ण जेभीले निर्माणको ठेक्का लिएको छ ।नेपाल सरकारबाट ७५ लाख ६७ हजार रुपियाँको लागतमा ३४ मिटर लामो फुटपाथ निर्माण भएपछि पैदलयात्रीलाई आवागमनमा सुविधा पुग्नेछ । अहिले आईतबार र बुधबार हटियाका दिन उक्त पुलमा बढेको सवारी चापले ईटहरीको मुख्य चोकदेखि जुटबिकास चोकसम्म जाम हुने गरेको छ ।
फुटपाथ पुलको सिलान्यासपछि साँसद भण्डारीले तोकिएकै समयमा यसको निर्माण भईसक्ने र फुटपाथको निर्माणले मानिसको आवागमनलाई सहजता हुने बताए । सोही अवसरमा साँसद भण्डारीले यही बर्षभित्रैबाट पूर्वको काँकडभिट्टादेखि पश्चिमसम्मको पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने परियोजना पनि शुरु हुने जानकारी दिए ।यो फुटपाथसँगै टेङ्ग्रापुल उत्तर ५ सय मिटरको दुरीमा ३ करोड २५ लाख रुपियाँको लागतमा टेङ्ग्रा खोलामा अर्को पक्की पुलको निर्माण थालिने योजना रहेको पनि साँसद भण्डारीले बताए ।



