वासिङ्गटन, २६ कात्तिक । निर्वाचन अभियानभरी आक्रामक शैलीमा प्रस्तुत भएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विभिन्न रुपबाट देशभर प्रदर्शन भइरहेका छन् ।

निर्वाचन अभियानको क्रममा आवेशमा आई उनले मेक्सिकालीहरुलाई ‘अपराधी’, अफ्रिका तथा अन्य मुलुकबाट आएका आप्रवासीहरुलाई ‘बदमास र देशद्रोही’ भन्ने शव्दले आरोप लगाएपछि रुष्ट भएकाहरु र हिलारी क्लिन्टनको हारपश्चात् खिन्न भएका डेमोक्र्याटिक समर्थकहरु समेत मिलेर देशका सबैजसो ठूला, साना सहरहरु सर्वत्र जुलूस, नाराबाजी गर्दै ट्रम्पविरोधी प्रदर्शनको श्रृङखलावद्ध अभियान नै शुरु भएको छ ।

निर्वाचन परिणाम घोषणापश्चात् शुरु शुरुमा देखिएको असन्तुष्टि र विरोध प्रदर्शनलाई राष्ट्रपति ट्रम्पले ‘निष्पक्ष र स्वतन्त्र निर्वाचनमा विजयी भएको राष्ट्रको विरोध गर्न भरौटे प्रदर्शनकारीहरुको भीड, सञ्चारमाध्यमहरुले उक्साएर आएकाहरु, बदमासहरुको कुकृत्य’ भनी ट्वीटरमा लेखेका थिए ।

नवनिवार्चित राष्ट्रपतिको ट्वीटर सन्देशले अरुमा पनि उत्तेजना बढ्न मद्दत पुग्यो र प्रदर्शनकारीहरु थपिँदै गई दुई तीन दिनभित्रै देशभरी नै विरोधको शृङ्खला फैलिन गयो । कतै-कतै त हिंसात्मक घटनासम्म पनि भएको जनाइएको छ ।

पोर्टल्याण्ड, ओरिगानः
ट्रम्प विरोधी व्यापक प्रदर्शनले यहाँ उग्ररुप लिन लागेको छ । उनको ट्वीटर सन्देशप्रति प्रतिकृया जनाउने क्रमले आगोमा ध्यु थप्ने काम गरेको छ । कतिपय अल्लारे ठिटाहरुको हातहातमा क्रिकेट वा हकीका ब्याटसमेत हुनाले विरोध प्रदर्शन आपराधिक, विध्वंशात्मक र खतरनाक प्रवृत्तिमा परिणत हुने सङ्केत देखिएको कारण ओरिगान प्रहरीले यसलाई ‘दङ्गा’ को दर्जा दिइ सोही अनुरुप नियन्त्रणका कदम अपनाइने जनाएको छ ।

सिकागोः देशका अन्य भागमा जस्तै ट्रम्पविरोधी व्यापक प्रदर्शन यहाँ पनि सल्केको छ । सिकागोमा अवस्थित ‘ट्रम्प टावर’ बाहिर हजारौंको जुलूशले नगरको प्रमुख व्यापारिक केन्द्र वरिपरी सडक आवागमन अवरुद्ध पार्दै पैदलयात्रा गरेका छन् ।

केही प्रदर्शनकारीहरु ट्रम्पको स्वमित्वको ९८ तल्ले होटेल परिसर बाहिर भेला भै चर्को स्वरमा नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीहरुलाई कतिपय बाहिरिया व्यक्तिहरुले पनि हात हल्लाउँदै समर्थन जनाइ रहेका छन् ।

माइनापोलिसः सयौं प्रदर्शनकारीहरुको पैदलयात्राले गर्दा जहिले पनि ब्यस्त रहने माइनापोलिसको इन्टरस्टेट ९४ राजमार्गको दुइ लेनकै आवागमन अवरुद्ध भएको छ । माइनसोटा विश्वविद्यालयबाट निस्केका सयौं विरोध प्रदर्शनका कार्यक्रम र भीडका कारण ट्विन सिटिज, फ्र्याङकलिन एभिन्यु र सेन्ट पउल जस्ता ब्यापारिक नगरीहरु पनि दुई दिनसम्म ठप्प रहेका छन् ।

फिलाडेल्फियाः ट्रम्पविरोधी व्यापक प्रदर्शन सल्किएर दोस्रो दिन पनि फिलाडेल्फिया प्रभावित भएको छ । सिटी हलनजिक सयौं प्रदर्शनकारीहरु जम्मा भै “ट्रम्प विरुद्ध एकजूट होऔं’, ‘ट्रम्प हाम्रा राष्ट्रपति होइनन्’, ‘सबैका लागि सुरक्षित अमेरिका’ जस्ता नारा अंकित प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुका नाराले फिलाडेल्फिया महानगर गुन्जायमान भै रहेको छ ।

‘हामीले नयाँ राष्ट्रपतिलाई होइन बरु एकअर्कालाई प्रेम, सद्भाव र सम्मान गर्नुपर्छ भन्ने सम्झौं’ भन्ने नाराका साथ प्रदर्शनकारीहरुको भीडले फिलाडेल्फिया महानगरको पैदलयात्रा गरिरहेको छ । फिलाडेल्फिया प्रहरीले यस क्षेत्रको जनप्रदर्शन शान्तिपूर्ण भएको जानकारी दिएको छ ।माइनसोटा स्टेट प्याट्रोल र सेन्ट पउल प्रहरी बलका जवानहरु साइरन बजाउँदै प्रदर्शनस्थल पुगे तापनि कुनै अप्रिय घटना भने हुन पाएको छैन ।

बाल्टिमोरः ट्रम्पको विजयप्रति असन्तुष्ट रहेका सयौं प्रदर्शनकारीहरुले यहाँ पनि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरु पैदलयात्रामा बाल्टिमोर फुटबल मैदान हुँदै नगरको व्यापारिक केन्द्र, इनर हार्बर तथा अन्य भागमा परिक्रमा गरिरहेका छन् ।

सडक आवागमन अवरुद्ध पारे तापनि विरोध प्रदर्शन चाहीँ शान्तिपूर्ण नै छ । बाल्टिमोर प्रहरीले प्रदर्शनकारीको संख्या ६ सय जति भएको अनुमान लगाएको छ । दुईजनालाई प्रहरीले नियन्त्रणमा लिए तापनि कुनै अभियोग भने लगाएको छैन ।

त्यसैगरी, सानफ्रान्सिस्को, लसएन्जलस, अस्टिन, ग्य्रान्ड –यापिड्स, मिसिगन लगायत मुलुकका सबैजसो नगर तथा महानगरहरुमा हजारौं जनताहरु ट्रम्प विरोधी नाराबाजी, जुलूस र प्रदर्शनीमा सडकमा उत्रेका छन् । रासस/एपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah