विप्लव नेतृत्वको नेकपा माओवादीको बन्दले राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ ।

सडकमा सावारीका साधन चल्न सकेका छैनन् जसका कारण सर्वसाधारण पैदल हिँडेर आफ्नो गन्तव्य तर्फ लागेका छन् । सडक तथा चोकमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो देखिए पनि बन्दकर्ताको उपस्थिति भने राजधानीका सडकमा छैन ।

बन्दकाबीच साझा बस भने सञ्चालनमा आएको छ । त्यस्तै मोटरसाइकल र न्यून मात्रामा निजी सावारी साधन सञ्चालनमा रहेको भएपनि भाडाका सवारी साधान नचल्दा सर्वसाधारण मर्कामा परेका हुन् ।

यसैबीच बन्दगराउँदै हिँडेका विप्लव माओवादीका ८० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको कलंकी, कालिमाटी, कोटेश्वर, चावहिल, बानेश्वर, धापासी लगायतका स्थानबाट उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

महङ्गी, भ्रष्टाचार नियन्त्रण तथा खाद्य अधिकार सुनिश्चितताको माग गर्दै बन्द आयोजना गरिएको विप्लव माओवादीले जनाएको छ ।

img_20161113_093349

दमक मा पनि बन्द को प्रभाव देखिएको छ । सामान्य सिटी सफारी हरुको हल्का चाहल पहल देखिएको छ भने यात्राु हरु लाई यात्रा गर्न को लागि कष्ठकर बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर