उपमहानगरपालिका घोषणाको माग गर्दै झापाको दमकमा भईरहेको आन्दोलनका थप कार्यक्रमहरु अघि बढाउने बारे छलफल शुरु भएको  छ । आइतबार दमक बसपार्कमा स्थानीय तहको पुनसंरचना सिफारिस विरुद्ध संयुक्त संघर्ष समितिले आयोजना गरेको छलफलमा स्थानीय राजनीतिक तथा सामाजिक संघ संस्थाका अगुवाहरुको सहभागिता छ ।

संघर्ष समितिका संयोजक गगन पुरीले जिल्लास्तरमा कांग्रेस माओवादी केन्द्र, राप्रपा नेपालसहितका कतिपय दलहरुका नाममा पुनसंरचना आयोगलाई पत्र पठाउने, संयुक्त विज्ञप्ती निकालेर दबाब दिने  र दमकलाई सधै उपेक्षा गर्ने प्रयास गरेका कारण जिल्ला तहको  सिफारिस र राजनीतिक नेतृत्वका विरुद्ध थप आन्दोलन चर्काउनुको विकल्प नभएको बताए ।

उनले भौगोलिक एकतालाई अझै बलियो बनाउँदै थप संघर्षका कार्यक्रम अगाडी बढाउने जनाउ दिए । संघर्ष समितिले अनशन बस्ने सम्मका आन्दोलन गर्ने तयारी गरेको बताइएको छ । यस अघि झापा ७ मा क्रियाशील सबै राजनीतिक दलहरुको सक्रियता र समर्थनमा यस क्षेत्रलाई उपमहानगर घोषणा गर्न दबाब सिर्जना गर्ने संयुक्त संघर्ष समिति, निर्देशन समिति  र वार्ता समिति गठन भईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय