जिल्ला शिक्षा कार्यालय झापाबाट विद्यालय निरीक्षक भोला दाहालको सरुवा भएपछि गौरादह र गौरीगञ्ज स्रोत केन्द्रमा आज छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि विदाई गरियोे ।
गौरीगञ्ज स्रोत केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सोनेलाल शाहको सभापतित्वमा सम्पन्न गौरीगञ्ज स्रोत केन्द्रमा आयोजित कार्यक्रममा गौरीगञ्ज माविका प्रधानाध्यापक कृपानाथ दत्त, श्री प्राविका प्रधानाध्यापक कमला कार्की, भारती प्राविका प्रधानाध्यापक हिरालाल ताजपुरिया लगायतले बोलेका थिए । कार्यक्रम गौरीगञ्ज स्रोत केन्द्र स्रोत व्यक्ति डिल्लीराम अधिकारीले संचालन गरेका थिए ।
त्यसै गरि जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्घिमान कार्कीको सभापतित्वमा गौरादह स्रोत केन्द्रमा पनि विदाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्कुलचौन माविका प्रअ बाबुराम भण्डारी, भद्रकाली माविका प्रअ रेवलाल श्रेष्ठ, दुर्गादेवी प्राविका प्रअ पार्वता राउत, सूर्योदय निमाविका शिक्षक लीला गौतम लगायतले बोलेका थिए । कार्यक्रम गौरादह स्रोत केन्द्रका स्रोत व्यक्ति हरि अधिकारीले संचालन गरेका थिए ।



