
कार्तिक २९, २०७३ -नेपाली कंग्रेसकी नेत्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्यकोषबाट ५० लाख रुपैयाँ सहयोग दिइएकोमा सांसदहरुले आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्मा आज विशेष समय लिएर बोल्दै एमालेका सांसद प्रकाश ज्वालाले कार्यविधी नै नबनाई मनलाग्दी तबरले राज्यकोषबाट रकम वितरण गरिंदा नराम्रो सन्देश गएको बताउनुभयो ।
जनता सिटामोल नपाएर मरिरहेका बेला पहुँचवाला व्यक्तिलाई रकम दिने विषय एकदमै नकारात्मक र गलत भएको उहाँले बताउनुभयो । यस्तै राप्रपा नेपालका सांसद दिलनाथ गिरीले पनि पहुँचका आधारमा राज्यकोषको रकम वितरण गर्ने प्रवृत्ति सर्वथा गलत भएको बताउनुभो । त्यसबारे स्वास्थ्यमन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्नेमा उहा“ले जोड दिनुभयो ।
कार्यविधी ल्याउन लागेको भनेर स्वास्थ्यमन्त्रीले प्रचार गराउने तर मन्त्रिपरिषद्बाट निर्णय गराएर आप्mनै पार्टीका नेतालाई रकम वितरण गर्ने प्रवृत्ति दुरासयपूर्ण भएको उल्लेख गर्नुभयो । राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले उपचारको अभावमा अस्पतालबाट हामफालेर मर्नुपर्ने, रोल्पाकी महिला उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने तर पूर्वमन्त्रीजस्ता व्यक्तिलाई दबाबका आधारमा राज्यकोषबाट रकम दिने प्रवृत्ति गैरकानुनी र समानताको हक विपरीत रहेको बतानुभयो ।