काठमाडौं, ३० भदौ । नुन, तेल, चिनी, दाल किन्न दसैैंका लागि खुल्ने सहुलियत पसल खुल्ने मिति कुर्दै हुनुहुन्छ ?व्यवसायीले बुधबार गरेको निर्णय लागु हुने हो भने अब घर छेउमै सामान छुट पाउन सकिनेछ ।

चाडपर्वको अवसरमा सरकार र व्यापारीबीच केही सामानमा सबै खुद्रा पसलमा छुट दिने समझदारी भएको आजको कान्तिपुरमा खबर छ ।

जसअनुसार नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, खाने तेलमा १० रुपैयाँ र दालमा १० रुपैयाँ छुट पाइनेछ । ‘खुद्रा व्यापारीले पनि नुन, चिनी, तेल, दालमा छुट दिनेछन् । भाटभटेनी सुपर मार्केटले २ सय ४० प्रकारको खाद्यान्नमा करिब १५ प्रतिशत छुट दिने समझदारी भएको छ,’ आपूर्तिमन्त्री दिपक बोहोराले भने, ‘यसपालिको चाडपर्वमा सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउँछौं । नयाँ मूल्य असोज १ देखि नै लागु हुन्छ ।’

खुद्रा व्यापार संघका अध्यक्ष पवित्रा बज्राचार्यका अनुसार प्रतिलिटर १ सय २० देखि २५ रुपैयाँ पर्ने सोयाबिन तेल १ सय १० रुपैयाँ, ८५ रुपैयाँ किलो पर्ने चिनी ८० रुपैयाँ र १८ रुपैयाँ पर्ने नुन १६ रुपैयाँमा बिक्री हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय