काठमाडौँ, २ मङ्सिर । प्रधानमन्त्रीको सचिवालयमार्फत उद्धार भइ नेपाल फर्किएका साउदी अरेबियामा अलपत्र एक युवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी धन्यवाद दिएका छन् ।

स्याङ्जा चण्डिकालीका घर भई पोखरामा बस्दै आएका ३९ वर्षीय भोजराज आचार्य वैदेशिक रोजगारीका लागि २०७२ फागुन ७ गते साउदी अरेबियाको रियादमा जानुभएको थियो तर, रियादको मुसारी अल्मोसारी कम्पनी बन्द भएपछि उनी अलपत्र परेका थिए ।

अलपत्र परेका आचार्यले दुई महिनाअघि प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी आफूलाई उद्धार गर्न अनुरोध गरेका थिए । आचार्यको अनुरोध र प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयले उहाँको परिवारलाई बोलाएर उद्धारको प्रक्रिया अगाडि बढाएको थियो । श्रम तथा परराष्ट्र मन्त्रालयसँग समन्वयमा गत कात्तिक २९ गते आचार्यलाई नेपाल ल्याइएको थियो ।

बिहीबार आचार्यले प्रधानमन्त्री प्रचण्डलाई सिंहदरबारमा भेटी आफूलाई बचाएर नेपाल ल्याएकामा नेपाल सरकार र प्रधानमन्त्रीको सचिवालयलाई धन्यवाद दिए । भेटमा प्रधानमन्त्री प्रचण्डले सरकार विदेशमा रहेका नेपालीका समस्याप्रति संवेदनशील रहेको भन्दै अब उच्च मनोबलका साथ नेपालमै काम गर्न आचार्यलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय