काठमाडौं, ३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले वैकुण्ठ महतको राष्ट्रिय गीत ‘हामी नेपाली हाम्रो नेपाल’को शुक्रबार एक समारोहबीच लोकार्पण गरे ।

करिब १० मिनेट लामो गीतमा रचनाकार महत र पूर्णकला बिसीको स्वर रहेको छ । लोक भाकामा आधारित उक्त गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । रेड एप्पल मिडिया प्रालिले गीतमा नेपालीलाई एकतामा जोड्नेखालका शब्द समावेश गरिइएको छ ।

त्यस्तै गीतले स्वाधीन र समतामूलक नेपालको कल्पना समेत गरिएको छ । गीतजस्तै म्युजिक भिडियोमा पनि सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ । हिन्दू, बौद्ध, मुसलमान र क्रिष्चियन सबै धर्मका मानिस यसको दृश्यमा समेटिएका छन् । गायक महत र अभिनेत्री सरिता लामिछानेले मुख्य पात्रका रुपमा अभिनय गरेका छन् । महतले यसअघि ‘पानीजहाज’ बोलको गीत बजारमा ल्याएका थिए ।

सो अबसरमा अध्यक्ष ओलीले गीतमा देशभक्ति, अग्रगामी चेतना र सामाजिक विविधता पाएको भन्दै नेतामुखीभन्दा जनपक्षीय गीत निर्माण गर्न कलाकारलाई आग्रह गरे । उनले भने, ‘कलाकार भनेको भजनमण्डली होइन, मन परेको ठाउँमा हान्नुपर्छ ।’

राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बिसीले आफूले दुःख गरेर सिर्जना गरेका गीत रोयल्टी नै नदिई जताजतै निःशुल्क प्रयोग गर्ने गरेकाले स्रष्टा मारमा परेको दृष्टान्त दिँदै यसको समाधानका लागि सरकारसँग आग्रह गरे । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah