
हेटौंडा– मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन् ।
बा ३ च ९२८९ नम्बरको नीजि गाडी भीमफेदीस्थित जुरुखेत भन्ने स्थानमा शनिबार बिहान दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले रातोपाटीलाई जानकारी गराए ।
यसैबीच दुर्घटना स्थलमा उद्दारकाे लागि सुरक्षाकर्मी र स्थानीयबासीसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि खटिएका छन् । मकावनपुर थापाको गृहजिल्ला हो । थापा पनि गृहजिल्लाको कार्यक्रम सकेर भीमफेदी हुँदै काठमाडौं फर्कँदै थिए ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।