दमक–झापाको दमकमा ‘दमक रन’ ले शनिबार संचालन गरेको दमक मिनी म्याराथुनको उपाधी हरिकुमार रिमालले हात पारेका छन् । रिमालले २ हजार प्रतिस्पर्धीहरुलाई उछिन्दै उपाधी हात पार्न सफल भएका हुन्
रिमाललाई राष्ट्रिय खेलकुद विकाश समितिनका सदस्य सचिव केशवकुमार विष्टले नगद ५० हजारसहित खादा र प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै होमवहादुर श्रेष्ठ दोस्रो हुदै २५ हजार हात पारे भने भुमिराज राईले तेस्रो हुदै १० हजार हात पारे।
‘दमक रन’ को पहिलो वार्षिक उत्सवको अवसर पारेर आयोजना गरेको दमक मिनी म्याराथुन अन्र्तगत महिलातर्फ ७ देखी १२ वर्ष उमेर समुहको ५ किलोमिटर डौडमा प्रमिला विश्वकर्म प्रथम भएकी छन् । त्यस्तै दीया श्रेष्ठ दोस्रो र निशा ढकाल तेस्रो भएकी छन् । विश्वकर्मले ५ हजार, श्रेष्ठले ३ र ढकालले २ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिईन ।

महिलातर्फ १३ वर्षदेखी १७ वर्ष समुहमा रीता सन्थाल प्रथम भएकी छन् । उनले ५ हजारसहित प्रमाणपत्र पाइन् । सोही प्रतियोगितामा गीता आर्चाय दोस्रो र मनिसा राई तेस्रो भएकी छन् । आर्चायले ३ हजार र राईले २ हजारसहित प्रमाणपत्र पाएकी थिए।
महिलातर्फ १८ वर्षदेखी माथि १० किलोमिटिर म्याराथुनमा नेपाली सेनाकी सानुमाया कार्कीले प्रथम स्थान हात पारिन । उनले ७ हजार हात पारिन । त्यस्तै सन्तोसी श्रेष्ठ दोसो र कृष्णसोरी सेन्तकला तेस्रो भईन् । श्रेष्ठले ५ हाजर र सेन्तकलाले ३ हजार हात पारिन् ।

त्यस्तै १३ वर्षदेखी १७ वर्ष उमेर समुह अन्र्तगत धीरज राई प्रथम भएका छन् । उनले ५ हजार हात पारे भने मेघराज दोस्रो भए भने कविन्द्र राई तेस्रो भएका थिए । उनिहरुलाई क्रमश ३ र २ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । मिनी म्याराथुन अन्र्तगत ४० वर्ष उमेर भन्दा माथि (भेट्ररन) तर्फ धर्म महर्जन प्रथम भएका थिए । त्यस्तै राम केशम दोस्रो र बुद्धवीर लामा तेस्रो भएका थिए ।

‘दमक रन’ का अध्यक्ष रन्दिप राईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाट्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले पानसमा वक्ति बालेर गरेका थिए । उनले सो अवसरमा नेपाली खेल जगतमा पुर्वाञ्चलको योगदान अत्यन्तै महत्वपुर्ण रहेको वताए ।

कार्यक्रममा वरिष्ठ धावक वैगुन्ठ मानन्धरलाई ‘दमक रन’ को तर्फवाट २५ हजारसहित नागरिक अभिनन्दन गरिएको थियो । सोही कार्यक्रममा दमक–१३ घर भएका हाल वेलायतमा वसोवास गरिरहेका वेलायती पुर्वलाहुरे तथा म्याराथुन धावक रुकमान लिम्बुलाई सम्मान गरिएको थियो ।
‘दमक रन’ का सचिव सुधीर प्रधानले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक दीवस राईले औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा वरिष्ठ धावक एबम् नागरिक अभिनन्दन भएका मानन्धर, झापा जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष शंखर थापाले मन्तव्य राखेका थिए ।

सिधकुरा बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय