गौरादह, ५ मंसिर । जनयुद्धका क्रममा शहिद भएका झापाली विद्यार्थी नेता रमेश सुबेदी र बिष्णु प्रधानको स्मृतीमा मंसिर ६ गते विविध कार्यक्रमसहित स्मृती दिवस मनाउने तयारी भएको छ । माओवादी जनयुद्धका क्रममा २०६१ साल मंसिर ६ गते अेरास्ववियु क्रन्तिकारी झापाका जिल्ला अध्यक्ष रमेश सुबेदी र जिल्ला उपाध्यक्ष बिष्णु प्रधानलाई झापाको गौरादहमा तत्कालिन शहिसेनाले गोलीहानी हत्या गरेको थियो ।
हत्या गरिएका सुबेदी तत्कालिन गौरादह बहुमुखी क्याम्पसका स्ववियु उपसभापति समेत थिए । ओरास्ववियु क्रन्तिकारी झापा क्षेत्र नं। ६ को क्षेत्रीय समितिले सो स्मृती दिवसको अवसर पारेर झापा गौरादहबाजार स्थित रबि शहिद मञ्चमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोही दिन साँझ गौरादह डिपुचोकको रबि स्मृतीमा निर्मित शहिद गेटमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य कुमार खतिवडाले जानकारी दिए ।



