विर्तामोड । अखिल(क्रान्तिकारी) कन्काई इकाई समितिले आइतबार विर्तामोडको कन्काई क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तत्कालीन अखिल(क्रान्तिकारी) अध्यक्ष रमेश सुवेदी र उपाध्यक्ष विष्णु प्रधानको १२ औं स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको हो ।
रेडक्रस विर्तामोड शाखाको प्राविधिक सहयोगमा अखिल(क्रान्तिकारी) कन्काई इकाई समितिले रगत संकलन गरेको इकाई अध्यक्ष रञ्जन धमलाले जानकारी दिए । कार्यक्रममा ५ जना महिलासहित २५ जनाले रक्तदान गरेका छन् ।
अखिल(क्रान्तिकारी) केन्द्रीय सचिव महेन्द्र भट्टराईको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा माओवादी केन्द्र पोलिट ब्युरो सदस्य तथा झापा संयोजक विजय साम्पाङ बिशेष अतिथि रहेका थिए ।कार्यक्रममा माओवादी केन्द्र विर्तामोड नगर इन्चार्ज कुवेर श्रेष्ठ(अरुण), अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य खगेन्द्र सुवेदी, नरेश चुँडाल, अनिल सुवेदी, कन्काई क्याम्पसका प्रमुख सुरेश चापागाई लगायतको उपस्थिति रहेको थियो । कन्काई इकाई समितिका अध्यक्ष रञ्जन धमलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रोशन खड्काले गरेका थिए । 

हाम्रो तोपगाछी राम्रो तोपगाछी बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah