
झापाको विर्तामोडमा एक भेलाकाे अायाेजना गरी युवाहरूले ‘सुजता सुवेदी बचाउ अभियान’ सुरू गरेका छन् । उक्त कार्यक्रममा नाइटिङ्गल युवा क्लव पृथ्वीनगरका तारावीर लिम्बूको संयोजकत्वमा अर्थ संकलनका निम्ती ११ सदस्यीय समिति बनाइएको छ ।
उक्त समितिका अन्य सदस्यहरूमा मेन्स रूम रिलोलेड नामक फेसबुक पेजका यज्ञ घिमिरे, मदन सापकोटा , त्यसैगरि पृथ्वीनगरका बुद्धि खरेल , सृजना घिमिरे, उत्तम सुवेदी, योगेन्द्र पैड्याल, हर्क विक , अनिल सुवेदी , त्यस्तै नेपलिज सर्कलकी अनु पौड्याल र हेल्पिङ् ह्यान्डसका सुमन शर्मा रहेका छन् ।
हेल्थ एसिस्टेन्ट पढ्दै गरेकी सुवेदीको पारिवारीक आर्थिक अवस्था कमजोर रहेका कारण उनलाई बचाउन उक्त समितिले सबैसंग सहयोगको लागि अपिल समेत गरेको छ ।
सुवेदीको उपचार हाल सिभिल हस्पिटल काठमाण्डैंमा भइरहेको छ । उनको उपचारमा कम्तिमा २० लाख रुपैंया लाग्ने पारिवारीक स्रोतले जनाएको छ ।
समाचार प्रभाव: विदेशमा अर्थ संकलन सुरु
यता खबरमञ्च अनलाइनमार्फत मृत्युसँग लडिरहेकी झापाकी सुजताकाे अस्पतालको शैयाबाट स्वास्थ्यमन्त्री थापालाई खुलापत्र शिर्षकको समाचार बाहिर अाएपछि सुवेदीको उपचार सहयोगका निम्ति कोरियामा रहेका पृथ्वीनगरका यूवाहरूले पनि अर्थ संकलन अभियान सुरू गरेका छन् । हाल सम्म १ लाख पचास हजार रूपैंया संकलन भइसकेको र संकलन हुने क्रम जारी रहेको अभियानका अजय श्रेष्ठले बताए । त्यस्तै मलेसियाबाट सुरज पाण्डेले १६ हजार सहयाेग गरेका छन् ।
त्यस्तै विश्वभर रहेका नेपालीहरू र विशेष राेजगारीका सिलसिलामा बिदेश गएका पृथ्वीनगरका युवाहरूले सुवेदीको उपचारका लागि आर्थिक अभियान सुरू गरेका छन् ।यता देश भित्र र विशेष झापाका स्कुल, उद्योग, कलकारखानाहरूमा पनि सुवेदीकाे उपचारका लागि सहयाेग संकलन भइरहेकाे बताइएकाे छ ।
सहयोग गर्ने उपाय
सुवेदीलाई सहयोग गर्न उनको एभरेष्ट बैंकमा रहेको खाता नं ०२५००५०१२१२६६५ मा यथा सक्य रकम सहयोग गर्न सक्नुहुनेछ । त्यसैगरि समितिका संयोजक तारावीर लिम्बूको सम्पर्क नं ९८१५९६२९११ र निज सुवेदीको नं ९८१७९१२५१९ मा समेत सम्पर्क गर्न सक्नु हुनेछ ।
सानो सानो सहयोगले कसैले जिवनदान पाउन सक्छ भने, किन सहयोग नगर्ने ? त्यसैले सबै मिलि २२ बर्षीय सुवेदीको जीवन बचाउन सहयोग गरौं ।